पात्रो

रेडियो

समाचार खोजी

सान्वी इनर्जीका म्युचुअल फन्डका सेयरहरूको लक–इन अवधि मंसिर २५ मा समाप्त

साझा अर्थ संवाददाता २५ कार्तिक २०८२, मङ्गलवार

सान्वी इनर्जी लिमिटेड (SANVI) ले म्युचुअल फन्डहरूलाई बाँडिएका १ लाख ४५ हजार ५ सय कित्ता साधारण सेयरहरूको लक-इन अवधि २०८२ साल मंसिर २५ गते समाप्त हुने जानकारी दिएको छ।

कम्पनीले कुल ३७ लाख ९० हजार कित्ता सेयर जारी गरेको थियो, जसको जारी पुँजी रु. ३७ करोड ९० लाख बराबर रहेको छ। तीमध्ये २९ लाख १० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ५ सय कित्ता म्युचुअल फन्डहरूका लागि छुट्याइएको थियो, जसमा ६ महिनाको अनिवार्य लक-इन अवधि लागू गरिएको थियो।

लक-इन अवधि पूरा भएपछि यी सेयरहरू मंसिर २५ गतेदेखि स्वतन्त्र रूपमा कारोबार गर्न सकिनेछन्। उक्त जानकारी सबै लगानीकर्ता तथा सरोकारवालाहरूलाई गराइएको छ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ