पात्रो

रेडियो

समाचार खोजी

डब्ल्यूटीएम २०२५ : जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता

साझा अर्थ संवाददाता २१ कार्तिक २०८२, शुक्रवार

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दीगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
लण्डनको एक्सल लण्डनमा भएको वल्र्ड टुरिजम् मार्केट (डब्ल्यूटीएम)– २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्टः ट्रान्सफर्मिङ टुरिजम् थ्रु अ सर्कुलर इकोनमी’ (दीगो परिवर्तन : सर्कुलर इकोनमीमार्फत पर्यटन रूपान्तरण) शीर्षकमा भएको छलफल सत्रमा सहभागी रहेका सीईओ जोशीले नेपालले गरेका प्रयासहरुबारे उल्लेख गर्दै जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपालको पर्वतीय तथा ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व, र आर्थिक समावेशितामार्फत दिगो पर्यटनको अभ्यास कसरी अघि बढाइरहेको छ भन्ने विषयमा पनि सीईओ जोशीले जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, “नेपालले अब सतही ‘हरित’ पहलभन्दा अघि बढ्दै प्रणालीगत परिवर्तनतर्फ ध्यान केन्द्रित गरेको छौं । जहाँ वातावरणीय संरक्षण, स्थानीय सशक्तिकरण र व्यावसायिक दिगोपन बीच सन्तुलन कायम गर्न आवश्यक छ । यस प्रयासका लागि नेपाल प्रतिबद्ध छ ।”
सर्कुलर इकोनमीमार्फत पर्यटन रूपान्तरण शीर्षकमा आयोजित यो छलफलमा पर्यटन क्षेत्र कसरी सर्कुलर अर्थतन्त्रको अवधारणालाई अंगाल्दै स्रोतहरूको पुनःप्रयोग, फोहोर न्यूनिकरण, न्यून–कार्बन यातायात प्रवद्र्धन, र स्थानीय समुदायको समान सहभागिता सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।
ट्रोभ टुरिजम् डेभ्लप्मेन्टद्वारा सञ्चालन गरिएको यस छलफल कार्यक्रममा विश्वका विभिन्न देशका पर्यटन विशेषज्ञहरूले सहभागिता जनाएका थिए । छलफलले विश्वभरका नवीन अभ्यासहरू र तीव्र रूपमा विकसित हुँदै गरेका बजारले भोग्नुपरेका चुनौतीहरू उजागर गरिएको थियो ।
यस छलफलमा सर्कुलर इकोनमी परम्परागत ‘सस्टेनेबिलिटी’ अवधारणा, कमजोर पूर्वाधार भएका गन्तव्यमा न्यून–कार्बन गतिशीलता, नीति निर्माणमा स्थानीय समुदायको सक्रिय सहभागिता, लगानी, पूर्वाधार र सीप विकासका अभावमा उदाउँदा बजारहरूले भोग्नु परेका चुनौतीहरू,  विश्व पर्यटन उद्योगका प्रवृत्तहरु, वातावरण संरक्षणमा भूमिका खेल्ने स्थानीय समुदायको सामाजिक र आर्थिक लाभलगायतका विषयमा छलफल भएको थियो ।
यो छलफलमा पर्यटन क्षेत्रले अब सतही ‘हरित’ कार्यक्रमहरूमा सीमित नभई वास्तविक र मापनयोग्य परिवर्तन ल्याउने आवश्यकता औंल्याइएको छ ।

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ