पात्रो

रेडियो

समाचार खोजी

सुन तोलाको २ लाख ३० हजार नाघ्यो

साझा अर्थ संवाददाता १९ असोज २०८२, आइतवार

काठमाडौं: नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ हजार ४ सयले बढेर तोलाको २ लाख ३० हजार ६ सयमा कारोबार भइरहेको छ । यस अघि असोज १२ गते सुन तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर २९३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि असोज १२ गते चाँदी तोलाको २८१० मा कारोबार भएको थियो । 

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ