काठमाडौंः नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्यमा बृद्धी भएको छ । आज सुन कोमूल्यमा प्रतितोला सात सय तथा चाँदीको मूल्य प्रतितोला सत्तरी रुपैयाँ बृद्धी भएको हो ।
नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावला सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला २ लाख २२ हजार ५०० रुपैयाँ तथा चाँदी २ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो । सुन तथा चाँदीको यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो ।