काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ प्रशोचण गर्ने भएको छ । बजारमा अधिक तरलता भएपछि निक्षेप संकलन उपकरणमार्फत सो परिणाममा तरलता खिच्न लागेको हो ।
आज दिउँसो ३ बजे बोलकबोल मार्फत तरलखा खिच्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने राष्ट्रबैंकको भनाई रहेको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । सो रकमको साँवा तथा ब्याज भुक्तानी असोज १२ गते गरिने छ ।