पात्रो

रेडियो

समाचार खोजी

जेन्जी आन्दोलका क्रममा पाँच प्रतिशत जीडिपी नोक्सान

साझा अर्थ संवाददाता ७ असोज २०८२, मङ्गलवार

काठमाडौंः जेन्जी आन्दोलका क्रममा मुलुकको  कुल गार्हस्थ्य उपत्पादनको पाँच प्रतिशत क्षति भएको बताइएको छ । मंगलवार आर्थिक पत्रकार संघले आयोजना गरेको छ लफलका क्रममा सो कुरा बताइएको हो । 
अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो विषयक छलफल कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले जेन्जी आन्दोलनले खर्बौंको आर्थिक क्षति भएको बताउनु भएको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले आन्दोलनल निजी र सार्वजनिक संरचनाहरु ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको बताउनु भयो । 
उहाँले   लगानीकर्तालाई सुरक्षा दिनका लागि सरकार सरकारसँग माग पनि गर्नु भयो । ठूला उद्योगहरुलाई निश्चित समय निर्धारण तोकेर सहुलियत दिनु पर्ने उहाँको सूझाव थियो । यस्तै नेपाल  उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले जेन्जी आन्दोलनले सार्वजनिक र निजी क्षेत्रको ठूल्ठूलो संरचना क्षति हुँदा अर्थतन्त्रमै ठूलो धक्का पुगेको बताउँदै  अबका दिनमा विभिन्न नयाँ रणनीति लिएर अगाडि बढ्नुपर्ने आवश्यकता मा जो ड दिनुभयो । 
यसैगरी नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आन्दोलनले सबै डराउनुपर्ने अवस्था आएको बताउँदै अहिलेको चुनौती  भनेको शान्ति सुरक्षा भएको बताउनु भएको थियो । यो अवस्थाबाट निकासकालागि सरकारले ठोस कदम चाल्नु पर्नेमा बक्ताहरुको जोड थियो ।

68 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ