पात्रो

रेडियो

समाचार खोजी

कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने काँग्रेसको निष्कर्ष

साझा अर्थ संवाददाता २२ भदौ २०८२, आइतवार

काठमाडौँ: नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको छ । 

आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको आदेश अनुसार कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको हो । बैठकमा सरकारको पोजिसन बुझेर यस विषयमा थप निर्णय लिने गरि छलफल भएको कांग्रेस नेताहरुले बताएका छन् ।

सरकारले बिहीबारबाट नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपनि कांग्रेसले अहिलेसम्म औपचारिक धारणा सार्बजनिक गरेको छैन । कांग्रेसका महामन्त्री गगन थापाले तत्काल आफ्नो धारणा सार्बजनिक गर्दै सरकार उल्टो बाटो हिडेको आरोप लगाएका थिए । 

सरकारले सर्वोच्च अदालतको परमादेशको हवाला दिदै दर्ता नभएका २६ सामाजिक बन्द गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्