पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय सभाबाट संघीय निजामती सेवा विधेयक पारित

साझा अर्थ संवाददाता १८ भदौ २०८२, बुधवार

काठमाडौं :राष्ट्रिय सभाबाट संघीय निजामती सेवा विधेयक, २०८० पारित भएको छ । मंगलबारको राष्ट्रिय सभाको बैठकले निजामती विधेयक सर्वसम्मतले पारित गरेको हो । 

विधायन व्यवस्थापन समितिले आजै पारित गरेर राष्ट्रिय सभामा पेश गरिएको यस विधेयकले कुलिङ पिरियड समबन्धि प्रतिनिधिसभामा भएको त्रुटिलाई सच्याएको छ ।

प्रतिनिधि सभाबाट पारित भएर आएको यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएका थिए भने १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुसुची थप गरेर समितिले परिमार्जन गरेको थियो । 

93 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ