पात्रो

रेडियो

समाचार खोजी

स्वस्तिक लघुवित्तको वैदेशिक नेपालीका लागि आईपीओ आज बन्द हुँदै

साझा अर्थ संवाददाता ९ साउन २०८२, शुक्रवार

काठमाडौं, साउन ९ – स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओ आज साउन ९ गते बन्द हुँदैछ। यो निष्कासन असार २७ गतेदेखि खुला गरिएको थियो।

कम्पनीको जारी पुँजी रु ५.७७ करोड रहेको छ, जसको ४०%, अर्थात् २,३१,००० कित्ता सेयर पछि सर्वसाधारणका लागि निष्कासन गरिनेछ। उक्त सेयरमध्ये १०% (२३,१०० कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन आज बन्द हुँदैछ।

कुल २,३१,००० कित्तामध्ये:

  • ५% (११,५५० कित्ता) म्युचुअल फन्डहरूका लागि

  • ०.५% (१,१५५ कित्ता) कम्पनीका कर्मचारीहरूका लागि
    छुट्याइएको छ भने बाँकी २,१६,३९५ कित्ता सर्वसाधारणका लागि हुनेछ।

आईपीओ बिक्री व्यवस्थापनको जिम्मा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ। न्यूनतम १० कित्ता र अधिकतम ५,००० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता