काठमाडौः काठमाण्डौ महानगरपालिका, वाड नम्बर १०, बानेश्वरस्थित फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंककाग्राहक तथा कर्मचारीहरुलाई फ्रन्टलाईन हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।
प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले १०% छुटपाउने भएको प्रभु बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा फ्रन्ट लाईन हस्पीटलका तर्फबाट अध्यक्ष योगेश न्यौपाने तथा मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंक लि.को तर्फबाट चिफ मार्केटीङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गर्नु भएको थियो ।
साझा अर्थ संवाददाता