पात्रो

रेडियो

समाचार खोजी

तरलता ब्यवस्थापनकालागि ८० अर्ब बैङ्किङ प्रणालीबाट झिक्दै राष्ट्रबैंक

साझा अर्थ संवाददाता ७ साउन २०८२, बुधवार

काठमाडौंः नेपाल राष्ट्र बैंकले ८० अर्ब बैङ्किङ प्रणालीबाट झिक्न लागेको छ । तरलता ब्यवस्थापनकालागि नेपाल राष्ट्र बैंकले अल्पकालिन निक्षेप उकरण मार्फत सो रकम प्रणालीबाट आज झिक्न लागेको हो । 
अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ५६ दिनका लागि बैंकले ८० अर्ब बैङ्किङ प्रणालीबाट झिक्न लागेको नेपाल राष्ट्रबैकले जनाएको  छ । अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट बोलकबोल गर्न सकिने राट्र बैंकको भनाई रहेको  छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड तथा  बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् । यसको सावाँ तथा ब्याज भुक्तानी असोज १ गते हुने नेपाल राष्ट्रबैंकले जनाएको छ ।

138 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता