काठमाडौः सिनर्जी हाइड्रो पावर डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले मध्य होङगु खोला ‘ए’ र मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो ।
कम्पनीले मध्य होङगु खोला ‘ए’ जलविद्युत आयोजनामा ११ करोड तथा मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजना १४ करोड लगानी गर्ने जानकारी दिएको छ । यस सम्बन्धी निर्णय कम्पनिको सञ्चालक समितिको श्रावण छ गते बसेको बैठकले गरिसकेको कम्पनील्े जनाएको छ ।
साझा अर्थ संवाददाता