पात्रो

रेडियो

समाचार खोजी

डा पोखरेल ‘टेस्ला’ समूहको प्रमुख

साझा अर्थ संवाददाता ६ साउन २०८२, मङ्गलवार

काठमाडौँ, ६ साउनः विश्वव्यापी रुपमा व्यावसायिक सञ्जाल रहेको ‘टेस्ला’ समूहको प्रमुखमा सर्लाहीका डा शम्भु पोखरेल नियुक्त हुनुभएको छ ।    
    
 पूर्व सञ्चारकर्मीसमेत रहनुभएका डा पोखरेल ‘सिइओ क्लब ग्लोबल’मा आबद्ध भई व्यवस्थापन क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।    
    
 डा पोखरेलले ऊर्जा तथा प्रविधि क्षेत्रमा विश्वव्यापी रुपमा प्रतिष्ठित कम्पनी ‘टेस्ला’ कम्पनीको प्रमुखको जिम्मेवारी नेपाली नागरिकले प्राप्त गर्नु हामी सबैका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँका अनुसार प्राग (चेक गणराज्य) मा अवस्थित टेस्ला समूह युरोपको पुराना तथा प्रतिष्ठित प्रविधिमा आधारित कम्पनीमध्ये एक हो । त्यस कम्पनीले ऊर्जा, अटोमेसन, इलेक्ट्रोनिक्स र औद्योगिक नवप्रवर्तनमा काम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।    
    
 त्यसैगरी, उहाँ आबद्ध ‘सिइओ क्लब ग्लोबल’ व्यावसायिक हिसाबले अन्तरराष्ट्रिय रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने संस्थाका रुपमा परिचित छ । डा पोखरेलका अनुसार उक्त कम्पनीले व्यावसायिक नेतृत्व, लगानी, रणनीतिक साझेदारी तथा सार्वजनिक सेयर निष्कासनमा सहजीकरण गर्दै उद्यम विकासमा योगदान पु¥याउँदै आएको छ ।    

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता