काठमाडौंः नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ९ल्क्ष्ऋी) को हकप्रद शेयर आजबाट खुल्ला भएको छ । कम्पनीले चुक्ता पूँजि बृद्धी गर्न कम्नीले हकप्रद शेयर निष्काशन तथा विक्री खुल्ला गरेको हो ।
हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको कम्पनीले जनाएको छ । हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनील्े ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ हकप्रद शेयर निष्काशन तथा विक्री प्रयोजनकालागि कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो । जेठ २९ सम्म कारोवार गरी कायम भएका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन पाउने छन् । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । श्रावण २६ गते सम्म शेयरकालागि आवेदन दिन सकिने छ ।
साझा अर्थ संवाददाता