काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्स मर्जरमा जाने भएका छन् । मर्जरका लागि दुबै कम्पनीबीच आइतबार सम्झौता भएको छ ।
सर्जर सम्बन्धी सम्झौतापत्रमा पोखरा फाइनान्सका तर्फबाट अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका तर्फबाट अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गर्नुभयो । दुबै कम्पनी १ः१ को सेयर स्वामित्व अनुपातमा गाभिने सहमति भएको छ ।
मर्जरपछि कम्पनीको नाम पोखरा फाइनान्स लिमिटेड नै रहने भएको छ । नियामकीय स्वीकृति र आवश्यक प्रक्रिया पूरा गरेर आगामी मङ्सिरभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य लिएको दुबै कम्पनीले जनाएका छन् ।
मर्जरपछि कम्पनीको चुक्तपुँजी, कर्जा लगानी, शाखा सञ्जाल, ग्राहक संख्याका साथै देशव्यापी गुणस्तरीय सेवा विस्तार हुने विश्वास दुबै कम्पनीको रहेको छ । समृद्धि फाइनान्सको २३ औँ र पोखरा फाइनान्सको २७ औँ वार्षिक साधारणसभाले दुबै कम्पनी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।
साझा अर्थ संवाददाता