काठमाडौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३७ निर्माण कम्पनीको इजाजत पत्र खारेज गरेको छ । २०८१ साल चैत्र मसान्त सम्म नविकरण नगरेका कम्पनीको इजाजत पत्र श्रावणबाट स्वत खारेजिमा परेको मन्त्रालयले जनाएको छ ।
सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनकालागि मन्त्रालयबाट इजाजत लिएका ३७ निर्माण कम्पनीले समयमै नविकरण नगरेकोले इजाजत पत्र खारेज भएको मन्त्रालयले एक सूचना प्रकाशितगरी जानकारी दिएको छ ।
खारेजिमापर्ने कम्पनी हरुमा भ्याली कन्सट्रक्सन, गणपति ग्रुप अफ कन्सट्रक्सन, भ्याली स्टार विल्डर्स लगायतका रहेका छन्।
साझा अर्थ संवाददाता