काठमाडौंः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८३ को मौद्रिक नीति कार्यन्वयमा ल्याएको छ । आर्थिक वर्षको सुरुवातसँगै बैंकले मौद्रिक नीति कार्यन्वयनमा ल्याएको हो ।
बुधवार बेलुका नैं मौद्रिक नीतिमा भएका ब्यवस्था कार्यन्वयन गर्न राष्ट्रबैंकले परिपत्र जारी गरेको छ । नेपाल राष्ट्रबैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष सुरु नहुँदै मौद्रिक नीति सार्वजनिक गर्नु भएको थियो । विगतमा आर्थिक वर्ष सुरु भए पछिको साता मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्ने र सोही अनुसार क्रमस कार्यन्वयन गर्ने गरिँदै आएको थियो ।
गभर्नर डा. पौडेलले कार्यकाल सुरु भएदेखि नै वित्त नीति र मौद्रिक नीतिबीच समन्वय हुनुपर्ने राष्ट्रबैंकले जोड दिएको छ ।
यो वर्ष असार २७ गते नैं मौद्रिक नीति जारी भएको थियो । सोही दिन केही नियामकीय व्यवस्थाहरुमा पनि हेरफेरको गरिएको जानकारी दिइएको थियो । मौद्रिक नीतिमार्फत् गरिएका कतिपय व्यवस्थाहरु कार्यान्वयन गर्ने परिपत्र बुधबार साँझ जारी गरिएको छ । एकीकृत निर्देशनमा गरिएका हेरफेर आजबाट कार्यान्वयनमा आउने छन् ।
साझा अर्थ संवाददाता