काठमाडौंः घुस लिएको गरेको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिनु भएको छ । मन्त्री गुप्ताले सामाजिक सञ्जाल मार्फत राजिनामा दिएको जानकारी दिनु भएको हाे ।
सामाजिक सञ्जालमा मन्त्री गुप्ताले आफूमाथी लागेका आरोप अनुसन्धान गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गर्नु भएको छ ।
केही दिन अघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो ।
साझा अर्थ संवाददाता