पात्रो

रेडियो

समाचार खोजी

कार्यदलद्वारा प्रतिवेदन पेस

साझा अर्थ संवाददाता ३१ असार २०८२, मङ्गलवार

काठमाडौँ, ३१ असारः बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले गभर्नर प्रा डा विश्वनाथ पौडेलसमक्ष सोमबार प्रतिवेदन बुझाएको हो ।    
    
 कार्यदलमा नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य एवं नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहनुभएको थियो ।    
    
 केन्द्रीय बैंकबाट गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले यही असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएकामा सोमबार अन्तिम प्रतिवेदन बुझाएको हो ।    

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता