काठमाडौंः नेपाल राष्ट्र बैंकले दुई भूक्तानी सेवा प्रदायको अनुमपति पत्र खारेज गरेको छ । बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमति पत्र खारेज गरेको हो ।
ति सेवा प्रदायक कम्पनीरुले झुक्तानी तथा फछ्र्योट ऐन, भुक्तानी तथा फछ्र्योट विनियमावली, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनमा भएका ब्यवस्थाहरुको पालना नगरेकोले अनुमति खारेज गरेको नेपाल राष्ट्रबंैंकले जनाएको छ ।
साझा अर्थ संवाददाता