पात्रो

रेडियो

समाचार खोजी

ट्रेड टावरको आईपीओ  आज  बाँडफाँट हुने, ३ लाख २९ हजार ६५० जनाले शेयर हात पार्ने!

साझा अर्थ संवाददाता १ असार २०८२, आइतवार

काठमाडाै: ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँट हुदैछ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार  ट्रेड टावरको आईपीओ असार १ गते आइतबार होटल क्रिष्टल पशुपति, गौशाला काठमाडौंमा बिहान ९.३० बजे बाँडफाँट गर्ने तयारी गरिएको हो। 

ट्रेड टावरको आईपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ। यसमा मागभन्दा ७.८२ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। यसमा २१ लाख ६९ हजार ८९१ जनाले कुल २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन्। जसमा ३ लाख २९ हजार ६५० जनाले मात्र शेयर हात पार्नेछन्। बाँकी १८ लाख ४० हजार २४१ जनाको भने हात खाली हुनेछ। 

ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। इक्रा नेपालले यस कम्पनीको आईपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ।

144 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता