पात्रो

रेडियो

समाचार खोजी

श्रीलङ्काद्वारा “जलवायु–स्मार्ट कृषि लगानी योजना” निर्माणको सुरुवात

साझा अर्थ संवाददाता ११ भदौ २०८१, मङ्गलवार

कोलम्बो, ११ भदौ (रासस/सिन्ह्वा): श्रीलङ्काले जलवायु परिवर्तनका कारण उत्पन्न  चुनौतीको सामना गर्न पहिलो जलवायु–स्मार्ट कृषि (सीएसए) लगानी योजनाको निर्माण सुरु गरेको छ ।  संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले मङ्गलबार एक विज्ञप्ति जारी  यस्तो जानकारी दिएको हो ।  

योजना हरित जलवायु कोष (जीसीएफ) द्वारा वित्त पोषित छ भने एफएओले वातावरण मन्त्रालय र कृषि मन्त्रालयको साझेदारीमा कार्यान्वयन गरेको छ । 

योजनाको उदेश्य जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट  कृषि क्षेत्रलाई जोगाइ रणनीति विकास गर्नु हो । 

   श्रीलङ्का उष्ण जलवायुका साथ, जलवायु परिवर्तन प्रभावको संवेदनशील स्थानमा छ भने ग्लोबल “क्लाइमेट रिस्क इन्डेक्सका” अनुसार मौसमी घटनाको जोखिममा रहेका शीर्ष  दश देशमा छ । 

जसले बढ्दो तापक्रम, अनियमित वर्षा लगायतका मौसमी परिवर्तनको सङ्केत गर्ने जनाउदै परिणाम स्वरुप कृषि उत्पादन र पानीको उपलब्धता घट्न थालेको एफएओले जनाएको छ ।  

एक अनुसन्धानले शुष्क र मध्यवर्ती क्षेत्रमा जलवायु परिवर्तनको कारण मौसमको जोखिम रहेकाले  प्रभाव कम गर्न क्रियासिल नरहेमा औसत १०–१२  प्रतिशत उत्पादन घट्ने प्रक्षेपण गरेको छ ।

 यो योजना जलवायु परिवर्तनका लागि लचिलो भई कृषि विकासलाई बढावा दिन रणनीतिक खाका बनाउन सुरुवात गरिएको  एफएओले जनाएको छ ।  

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ