पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

साझा अर्थ संवाददाता १३ जेठ २०८२, मङ्गलवार

काठमाडौं । गलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५३ अंकले बढेर २६७७.३० विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से ५.२१ अंकले र आइतबार ८.५७ अंकले बजार घटेको थियो । 

आज नेप्सेमा कुल ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ७ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ । आज कर्पोरेट विकास बैंक, ओम मेगाश्री, ग्रिन डेभलपमेन्ट, भुगोल इनर्जी र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता