पात्रो

रेडियो

समाचार खोजी

सान्भी इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १३ जेठ २०८२, मङ्गलवार

 

सान्भी इनर्जी लिमिटेडले ९ जेठदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणको लागि २४ लाख १५ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको छ। यस निष्काशनमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर निष्काशनको लागि नेपाल एसबीआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले इलामको सूर्योदय नगरपालिकास्थित जोगमई खोलामा ७।६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ । १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ लागतमा तयार भएको आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख रुपैयाँ छ ।

साथै कम्पनीले ५.२ मेगावाटको जोगमइ क्यासकेड जलविद्युत् आयोजना बनाउँदैछ । यो आयोजनाको लागत प्रतिमेगावाट १९ करोड ४० लाख रुपैयाँ छ ।

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु