पात्रो

रेडियो

समाचार खोजी

ब्रोकर नम्बर ४४ ले आजदेखि नयाँ टीएमएसबाट सेवा दिने

साझा अर्थ संवाददाता ११ जेठ २०८२, आइतवार

काठमाडौंःब्रोकर नम्बर ४४ अर्थात् डाइनामिक ब्रोकर एट्राडमा जोडिएको छ। अत्याधुनिक नयाँ टीएमएस संचालक कम्पनी डीजीहबले ल्याएको एट्राडमा डाइनामिक ब्रोकरले आफ्नो टीएमएसलाई जोडेको हो।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको डाइनामिकले आईतबारदेखि डीजीहबको एट्राडमा अन्तरगत आफ्नो कारोबार गर्नेछ। डाइनामिकले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आजदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो।

हाल डाइनामिक ब्रोकरमा करिव ४ लाख लगानीकर्ताले टीएमएस खोली शेयर कारोबार गर्दै आएका छन्। आईबारदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित शेयर खरिदबिक्री गर्न पाउने कम्पनीले जनाएको छ।

जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट शेयर कारोबार गर्न सक्नेछन्। उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन्। उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतलाई समेत विशेष प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

294 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता