दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर आजदेखि लिलाम बिक्री खुला भएको छ। कम्पनीले संस्थापक समुहको १२ लाख ८५ हजार ४१ कित्ता शेयर तथा सर्वसाधारण समुहको १ लाख ६५ हजार ९ सय ५६ कित्ता शेयर रहेको छ। यी लकइनमा रहेका शेयरको अवधि २०८२ असार ७ गतेसम्म रहेको छ। लकइनमा नरहेको सर्वसाधारण समुहको ४ लाख ९५ हजार ६ सय ७९ कित्ता शेयर पनि लिलाम हुने छ।
यस लिलामी प्रक्रियाको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।
लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले जेठ १९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
साझा अर्थ संवाददाता