काठमाडौं । आजबाट रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजार ६०० सय कित्ता शेयरको लक इन अवधि सकिँदैछ । कम्पनीको संस्थापकतर्फ ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख कित्ता गरी जम्मा ४३ लाख २४ हजार ६०० कित्ता शेयर लक इनमा थियो । लकइन अवधि सकिएसँगै दोस्रो बजारमा कारोबार गर्न पाइनेछ । तर सञ्चालक सदस्य तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने पदबाट हटेको एक वर्ष पूरा नभएसम्म कारोबार गर्न नपाइने व्यवस्था छ ।
साझा अर्थ संवाददाता