ओम मेगा श्री फर्मासुटिकल्स लिमिटेडले असार ६ गते साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको कारण जेठ १९ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् । साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, संचालक समिति गठन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट २ जना संचालक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
साझा अर्थ संवाददाता