पात्रो

रेडियो

समाचार खोजी

नेप्से घट्दा साढे १० अर्ब बढीको सेयर कारोबार

साझा अर्थ संवाददाता ७ जेठ २०८२, बुधवार

 

बुधबार नेप्से परिसूचक ७.९४ अंकले घटेर दुई हजार ६ सय ६९.५१ बिन्दुमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले घटेको छ।

आज ३१६ कम्पनीको दुई करोड ३० लाख २६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन सात अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो।

बैंक, विकास बैंक र म्युचल फण्ड एक प्रतिशतभन्दा थोरैले उकालो लाग्दा बाँकी सबै समूहको सूचक घटेका छन्। जलविद्युत् एक प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचक एक प्रतिशतभन्दा कमले ओरालो लागेका हुन्।

बजार घटे पनि ओम मेगाश्री फर्मास्युटिकल्का लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाएका छन्। त्यसैगरी सिन्धु विकास बैंक पाँच तथा सप्तकोसी विकास बैंक, सांग्रिला विकास बैंक र एनएलजी इन्स्योरेन्सको मूल्य चार प्रतिशतभन्दा धेरैले बढेको छ।

यता, श्वेत गंगा हाइड्रोपावर, मातृभूमि लघुवित्त र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य क्रमशः ८, ६ र ५ प्रतिशतभन्दा धेरैले घटेका छन्।

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता