काठमाडौः साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २१ दशमलब २७ अंकले बढको छ । अघिल्लतो हप्ताको सोमबारदेखि बढ्नलागेका नेप्सेले आज पनि उकालो लाग्ने क्रमलाई निरन्तरता दिएको हो ।
आइतबार नेप्से परिसूचक २१.२७ अंक बढेर २१४०.९७ विन्दुमा पुगेको छ । आइतबार सेन्सेटिभ इण्डेक्स ३.५२ अंक तथा फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ । सेन्सेटिभ फ्लोट इण्डेक्स १.०३ अंक ले बृद्धि भएको छ । नयाँ सरकार गठन हुने तथा मौद्रीक नीति खुकुलो आउने आशासँगै नेप्से उकालो लागिरहेको छ ।
साझा अर्थ संवाददाता