पात्रो

रेडियो

समाचार खोजी

दोर्दी खोलाको ८४ लाख कित्ता शेयरको लकइन अवधि ७ असारमा खुल्ने

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

 

दोर्दी खोला जलविद्युत कम्पनीको ८४ लाख कित्ताभन्दा बढी शेयरको लकइन अवधि २०८२ असार ७ गते समाप्त हुने भएको छ ।

कम्पनीको ७५ लाख ९० हजार ६  सय ७५  कित्ता संस्थापक शेयर, आयोजना प्रभावित स्थानीयको नाममा रहेको ७ लाख ५६ हजार ४ सय २० कित्ता र कम्पनीका कर्मचारीको ६५ हजार ८ सय ६५ कित्ता   शेयरको लकइन अवधि खुल्न लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक,  र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ । लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।  

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता