पात्रो

रेडियो

समाचार खोजी

नेप्से १९.३० अंकले बढेर दुई हजार ६ सय २८.३६ बिन्दुमा

साझा अर्थ संवाददाता ५ जेठ २०८२, सोमवार

 

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ। आज नेप्से १९.३० अंक (०.७४ प्रतिशत)ले बढेर दुई हजार ६ सय २८.३६ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेको छ। ३२४ कम्पनीको एक करोड ६२ लाख पाँच हजार कित्ता सेयर खरिद बिक्री हुँदा सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यसअघि आइतबार आठ अर्ब ४१ करोडबराबरको सेयर कारोबार भएको थियो।

आज होटल तथा पर्यटन १.२४ प्रतिशतले घट्दा बाँकी सबै समूहको सूचकमा वृद्धि भएको छ। बैंक, विकास बैंक र निर्जीवन बिमा एक प्रतिशतभन्दा धेरैले बढ्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले बढेका हुन्।

बजार बढ्दा आज सप्तकोसी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, तेह्रथुम पावर कम्पनी, कर्पोरेट विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले नौ प्रतिशतभन्दा धरैले कमाएका छन्।

तर बढेको बजारमा पनि विन नेपाल लघुवित्तका लगानीकर्ता सर्वाधिक गुमाउनेमा परेका छन्। उक्त कम्पनीको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ। यसैगरी छ्याङ्दी हाइड्रोपावर र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ।

187 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता