पात्रो

रेडियो

समाचार खोजी

सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना समयमै नदिएपछि ११ ब्रोकर कारबाहीमा

साझा अर्थ संवाददाता ५ जेठ २०८२, सोमवार

सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना समयमै नदिएपछि नेपाल धितोपत्र बोर्डले ११ ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । ब्रोकरलगायतका कम्पनीहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धमा गरेका कार्यसम्पादनको अर्धवार्षिक प्रतिवेदन सो अवधि व्यतीत भएको १५ दिनभित्र दिनुपर्छ ।  गत २५ वैशाखकै सञ्चालक समिति बैठकको निर्णयअनुसार बोर्डले आइतबार उनीहरूलाई कारबाहीको पत्र पठाएको छ । 

त्यसमा ब्लुचिप सेक्युरिटिज, प्रोपर्ट विजार्ड, स्टक्स्कार्टस् सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोड्सो सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट कम्पनी, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल रहेका छन् ।  

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता