पात्रो

रेडियो

समाचार खोजी

सेयर धितोमा बैंकहरुको ७० अर्ब ३४ करोड लगानी

अघिल्लो आवको सोही अवधिको तुलनामा १९.८८ प्रतिशतले बढी

साझा अर्थ संवाददाता १० भदौ २०८१, सोमवार

 

गत आव २०८०/८१ मा १९ वटा बैंकले सेयर धितोमा ७० अर्ब ३४ करोड लगानी गरेका छन् । योअघिल्लो आवको सोही अवधिको तुलनामा १९.८८ प्रतिशतले बढी हो । अघिल्लो आवमा मा १९ बैंकहरुले ५८ अर्ब ६८ करोड कर्जा दिएका छन् । स्टयान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितोमा कर्जा दिएको छैन ।  

 सेयर धितोमा धेरै कर्जा दिनेमा नबिल बैंकले  ११ अर्ब ४२ करोड ७८ लाख लगानी गरेको छ । नबिल बैंकले सेयर धितोमा दिने कर्जा २२.७५ प्रतिशतले बढाएको हो । अघिल्लो आवमा ९ अर्ब ३० करोड ९९ लाख रुपैयाँ रहेको थियो ।

यस्तै ग्लोबल आइएमई बैंकले सेयर धितोमा दिने कर्जा १९.८० प्रतिशतले बढाएको छ ।  राष्ट्रिय वाणिज्य बैंकले सेयर धितोमा दिने कर्जा १.७४ प्रतिशतले बढेर ४ अर्ब २६ करोड प्रवाह गरेको छ। सिद्धार्थ बैंकले ४२.१४ प्रतिशतले बढेर ५ अर्ब ७८ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

कुमारी बैंकले सेयर धितोमा दिने कर्जा १०.३८ प्रतिशतले बढेर ४ अर्ब ३७ करोड ६२ लाख, नेपाल बैंकले दिने कर्जा ७१.८३ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड, सिटिजन्स बैंकले दिने कर्जा ३६.४६ प्रतिशतले बढेर ४ अर्ब ८० करोड ७० लाख, प्राइम बैंकको २६.०२ प्रतिशतले बढेर ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ कर्जा दिएका छन् ।

यस्तै सानिमा बैंकले सेयर धितोमा दिने कर्जा २५.५९ प्रतिशतले बढेर १ अर्ब ६५ करोड १५ लाख, कृषि विकास बैंकले दिने सेयर धितोकर्जा ३९.९५ प्रतिशत, एभरेष्ट बैंकको ९०.२४ प्रतिशतले बढेर २ अर्ब २ करोड ६९ लाख, एनआईसी एशिया बैंकको २८६.१६ प्रतिशतले बढेर ३ अर्ब ९६ करोड ९० लाख र नेपाल एसबिआई बैंकको ७३९.९७ प्रतिशतले बढेर २० करोड १५ लाख रुपैयाँ रहेको छ ।
 प्रभुको २०.०८ प्रतिशतले घटेर ३ अर्ब १८ करोड १५ लाख, लक्ष्मी सनराइज बैंकको ८.९६ प्रतिशतले घटेर ३ अर्ब ३८ करोड ९४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.।०५ प्रतिशतले घटेर १ अर्ब ८५ करोड ८२ लाख, हिमालयन बैंकको ३० प्रतिशतले घटेर २ अर्ब १ करोड १८ लाख, एनएमबि बैंकको ३१.५८ प्रतिशतले घटेर ९८ करोड र माछापुच्छे« बैंकको १५.३६ प्रतिशतले घटेर ४६ करोड ७० लाख रुपैयाँ दिएको छ ।

 

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ