अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारत र पाकिस्तानबीचको युद्धविराममा अमेरिकाको भूमिका दोहोर्याएका छन्। साउदी अरब पुगेका राष्ट्रपति ट्रम्पले रियादमा आयोजित साउदी–अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्दै भारत–पाकिस्तानको उल्लेख गर्दै त्यो द्वन्द्वमा लाखौं मानिसको ज्यान जान सक्ने बताए।
अमेरिकी राष्ट्रपतिले भने, ‘मैले यसमा व्यापक रूपमा व्यापार प्रयोग गरें। मैले भनें, सम्झौता गरौं, व्यापार गरौं। आणविक क्षेप्यास्त्रको व्यापार नगरौं, तर ती चीजहरूको व्यापार गरौं जुन तपाईंले धेरै सुन्दर तरिकाले बनाउनुहुन्छ।’
ट्रम्पले भने, ‘मेरो सबैभन्दा ठूलो आशा शान्ति स्थापना गर्ने र मानिसहरूलाई एकताबद्ध गर्ने हो। मलाई युद्ध मन पर्दैन। केही दिनअघि मात्रै मेरो प्रशासनले भारत र पाकिस्तानबीच बढ्दो हिंसा रोक्न ऐतिहासिक युद्धविराम गर्न सफल भएको थियो ।
उनले दुवै देश (भारत र पाकिस्तान)का नेताहरुलाई निकै शक्तिशाली र बलियो नेताको रुपमा व्याख्या गरेका छन्। यस क्रममा अमेरिकी राष्ट्रपतिले विशेषगरी अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको दुई देशबीचको युद्धविराममा सहमति भएकोमा प्रशंसा गरे।
141
Shares