पात्रो

रेडियो

समाचार खोजी

जेठ ६ गतेदेखि विकास हाइड्रोको आइपीओ

साझा अर्थ संवाददाता २८ वैशाख २०८२, आइतवार

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले जेठ ६ पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ । जसमध्ये ९ लाख ९ हजार १०१ कित्ता शेयर आयोजना प्रभावित बासिन्दाका लागि बिक्री गर्नेछ ।
 प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमध्ये ३ लाख ६३ हजार ६४० कित्ता सेयर अति प्रभावित क्षेत्र (गोरखा जिल्लाको धार्चे गाउँपालिकाको वडा नं. ४ र ५ का बासिन्दा) लाई छुट्टयाइएको छ । 
त्यस्तै, ५ लाख ४५ हजार ४६१ कित्ता शेयर प्रभावित क्षेत्र (गोरखाको धार्चे गाउँपालिकाको वडा नं. १, २, ३ ६ र ७ मा स्थायी बसोबास गर्ने) का बासिन्दामा बाँडफाँट गरिनेछ । 
त्यसैगरी कम्पनीले निष्कासन हुने शेयरमध्ये १० प्रतिशतले हुन आउने ३ करोड ५४ लाख ५५ हजार रुपियाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५४ हजार ५५० कित्ता साधारण शेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि बिक्री गर्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा जेठ २० गते हुनेछ भने ढिलोमा असार ४ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने जेठ २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ । 

296 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ