राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद निष्काशनगर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको वैशाख २५ गते बसेको बैठकले कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।
कम्पनी शतप्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
साझा अर्थ संवाददाता