काठमाडौः नेपाल चीन विच ब्यापार घाट बढ्दै गएको पाइएकको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कुल ब्यापारमा नेपालको हिस्सा करिब एक प्रतिशत मात्र रहेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार दुई देश विचमा चैत्र मसान्तसम्म करिब २ खर्ब ५० अर्ब रुपैयाँबराबरको व्यापार भएको पाइएको छ । यस्मा चीनको हिस्सा ९९ दशमलब एक तथा नेपालकोस शुन्य दशमलब ९ प्रतिशत रहेको छ ।
चैत्र सम्मको अवधिमा चीनबाट २ खर्ब ४७ अर्ब रुपैयाँबराबरको सामग्री खरिद गर्दा चीनतर्फ २ अर्ब २५ करोड रुपैयाँको मात्र निर्यात भएको पाइएको छ । । गत आवमा पनि चीनसँगको व्यापारमा नेपालको हिस्सा ०.८५ प्रतिशतमात्र रहेको थियो ।
नेपालबाट चीनतर्फ मुख्यतया पास्ता (चाउचाउ), ऊनी गलैंचा, ऊनी फेल्टका सामग्री, तामाका सामान, हस्तकला सामग्री तथा जडिबुटीलगायतका बस्तुहरु निकासी हुने गरेको छ भने चीनबाटे सवारीसाधन, लत्ताकपडा, जुत्ता तथा घरायसी तथा औद्योगिक प्रयोजनका सामान आयात हुँदै आएका छन् ।
साझा अर्थ संवाददाता