पात्रो

रेडियो

समाचार खोजी

शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि १२ को परीक्षा संचालन गर्ने

साझा अर्थ संवाददाता ९ वैशाख २०८२, मङ्गलवार

 

कक्षा १२ को परीक्षा तोकिएकै मिति ११ बैशाखमै हुने भएको हो । बिहान ८ बजेदेखि परीक्षा बोर्ड सानोठिमिमा बसेको शिक्षा सचिवसहितको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।

बोर्डले प्रमुख जिल्ला अधिकारीलाई परीक्षा संचालन गर्न पत्राचार गर्ने जनाइएको छ ।  शिक्षकले नमाने अन्य सरकारी कर्मचारी राखेर भएपनि परीक्षा संचालन गर्ने बैठकको निर्णय भएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक कृष्ण शर्माले भने ।

शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।

98 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ