काठमाडौंः साताको अन्तिम कारोबार दिन नेप्से परिसूचनक र कारोवार दुवैमा बृद्धि भएको छ । कारोवारको अन्तिम दिन विहिवार दुवैमा बृद्धि भएको हो ।
नेप्से परिसूचक १५ दशमलव ४६ अंक बढी २ हजार ११९ दशमलव ६९ विन्दुमा पुगेको छ । भने कारोबारमा पनि करिब साँढे ६ अब पुगेको छ । नयाँ सत्ता समिकरण हुने सहमती भएयता नेप्सेमा बृद्धि आइरहेको छ । नयाँ समिकरण बाट बन्ने सरकारले स्थायित्व पाउने तथा नीतीगत सुधार हुने लगानी कर्ताको अपेक्षा रहेकोले शेयर बजारमा हरियाली छाएका विश्लेषकहरुको भनाई छ ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ । तीमध्ये विकास बैंक समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ४३ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक सबैभन्दा बढी अर्थात शून्य दशमलव ५९ प्रतिशत घटेको छ ।
साझा अर्थ संवाददाता