पात्रो

रेडियो

समाचार खोजी

पाँच हजार एक सय २९ जनाले पाए विन नेपाल लघुवित्तको एफपीओ

साझा अर्थ संवाददाता ७ वैशाख २०८२, आइतवार

 

विन नेपाल लघुवित्तले निष्काशन गरेको एफपीओ बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले आज आइतबार बिहान बाडफाड गरेको छ । एफपीओमा कुल १९ लाख २३ हजार ४ सय ९० जनाको आवेदन परेको मध्ये  गोलाप्रथाबाट  ५ हजार १ सय २९ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १०.५ कित्ता शेयर पाएका छन् । 
कम्पनीले चैत्र २१ गतेदेखि ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको थियो। कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो। चैत्र २१ देखि चैत्र २६ गतेसम्ममा २ वटा सार्वजनिक विदा परेकोले कम्पनीको एफपीओ कुल ६ दिन खुला रहेको थियो।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ