पात्रो

रेडियो

समाचार खोजी

सत्तासाझेदारीमा कुनै समस्या नरहेको गृहमन्त्रीको स्पष्टोक्ति

साझा अर्थ संवाददाता ६ वैशाख २०८२, शनिवार


गण्डकी, ६ वैशाखः गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ ।
    
    नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटमा उहाँले सत्तासाझेदारीमा दुवै दलबीच सौहार्दपूर्ण सम्बन्ध रहेको स्पष्ट पार्नुभयो ।

    सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उहाँले भन्नुुभयो, “साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।” उहाँले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरुचाएका बताउनुभयो ।
    
    लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चारमाध्यम  हुने गरेका दृष्टान्त प्रस्तुत गर्नुभयो ।

    मुलुकमा सात दशकको अन्तरालमा सात वटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उहाँले वर्तमान संविधानलाई पनि निष्क्रिय हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो साथै गृहमन्त्रीले    कमीकमजोरीबाट सिक्ने र पुनः त्यस्तो हुन नदिनेतर्फ सचेत रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।    
    आमाका नामबाट नागरिकता प्रमाणपत्र जारी गर्नेसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइसकेको बताउँदै उहाँले यो समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
    
    फरक प्रसङ्गमा उहाँले गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको स्पष्ट गर्दै उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा नियुक्त गरिने बताउनुभयो । शिक्षकका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ