पात्रो

रेडियो

समाचार खोजी

ऐतिहासिक दोलखा नगरीमा फोटो प्रदर्शनी

साझा अर्थ संवाददाता ४ वैशाख २०८२, बिहिवार

दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर दुईमा रहेको ऐतिहासिक तथा पुरातात्विक नगरी दोलखामा रातो मन्स्येन्द्रनाथ रथजात्रा ललितपुरको फोटो प्रदर्शनीको आयोजना गरिएको  छ । भीमेश्वर नगरपालिका तथा पाटन संग्रहालयको संयुक्त आयोजनामा सो फोटो प्रदर्शन गरिएको हो । 
बुधवार उद्घाटन गरिएको फोटो प्रदर्शनी शुक्रवार सम्म जारी रहने छ । दोलखा बजारको राजकुलेश्वर आधारभूत विद्यालयमा आयोजित फोटो प्रदर्शनीमा ललितपुरको मत्स्येन्द्रनाथ जात्रासँग सम्बन्धित विभिन्न काल खण्डमा खिचिएका २५ तस्विरहरु राखिएको छ । अमेरिकी नागरिक बुस मिकोई ओन्सले खिच्नु भएका तस्विरहरु प्रदर्शनीमा राखिएको पाटन संग्रहालयका अधिकृत सुरेसमान लाखेले जानकारी दिनुभयो । पाटन तथा दोलखा दुवै स्थानमा मत्स्येन्द्र नाथको जात्रा निकालिने भएकोले मत्स्येन्द्र नाथको जात्राको अवसरपारी एक अर्को शहरको कालासंस्कृति बुझ्‌न सहजहोस भनी फोटो प्रदर्शनी गरिएको अधिकृत लाखेको भनाई रहेको छ ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ