पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम

साझा अर्थ संवाददाता ३ वैशाख २०८२, बुधवार

काठमाडौँ, ३ वैशाख : सुनको मूल्य तोलाको रु एक लाख ८७ हजार पुगेको छ । यो हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला रु एक लाख ८४ हजार ३०० मा कारोबार भएको सुन आज तोलामा रु दुई हजार ७०० बढेर रु एक लाख ८७ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

   त्यस्तै आज चाँदीको मूल्य तोलाको रु एक हजार ९५५ कायम भएको छ । अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु १० बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार २८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । 

153 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ