काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडको का.मु. प्रमुख कार्यकारी अधिकृतमा दिपक न्यौपानेलाई नियुक्त हुनुभएको छ ।
फाइनान्सको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि का.मु. प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
वित्तीय संस्थामा हाल प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेको र का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका मुकुन्द श्रेष्ठ समेत अनिवार्य अवकाशमा जाने भएपछि जिम्मेवारी न्यौपानेलाई प्रदान गरेको संस्थाले जनाएको छ ।
नवनियुक्त का.मु. प्रमुख कार्यकारी अधिकृत वित्तीय संस्थामा विगत तीन वर्ष देखि वरिष्ठ प्रबन्धक पदमा कार्यरत हुनुहुन्छ । अर्थशास्त्रमा एमफिलसम्म अध्ययन गरेका न्यौपानेसँग विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुख एवं लेखापरीक्षण फर्ममा गरी १० वर्ष भन्दा बढीको कार्यनुभव रहेको छ ।
साझा अर्थ संवाददाता