राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि १००० रुपैयाँ अंकित २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । त्यसमध्ये १५ लाख कित्ता अर्थात् १ अर्ब ५० करोड बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गरिने छ भने १० लाख कित्ता अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री छुट्टाइएको छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्र मध्ये ५० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ । ७ वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७ प्रतिशत ब्याज प्रदान गर्ने छ।
सर्बसाधारणले वैशाख १० देखि वैशाख २१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
साझा अर्थ संवाददाता