काठमाडौं । गभर्नर हुँदा महाप्रसाद अधिकारीको सम्पत्ति ५ वर्षमा ५९ लाख ४८ हजार रुपैयाँले बढेको छ । ५ वर्षे कार्यकल पुरा गरी गत शुक्रबार राष्ट्र बैंकबाट बिदा भएको अधिकारीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । २०७६ चैत २५ मा गभर्नर बनेका अधिकारीको पाँच बर्षे कार्यकाल गत २४ चैतमा सकिएको छ । यद्यपि, उनी २२ चैतमै राष्ट्र बैंकबाट बिदा भएका थिए ।
उनले बुझाएको सम्पत्ति विवरण अनुसार ३ करोड ६९ लाख ३६ हजार रुपैयाँ बराबरको सम्पत्ति का साथै वाणिज्य बैंकहरुको रहेको डलर खातामा २८ हजार ६०८ अमेरीकी डलर छ । मंगलबारको विनियम दर १३७ रुपैयाँलाई आधार मान्दा उनको डलर सम्पत्ति ३६ लाख ४ हजार रुपैयाँ हुन आउँछ । नेपाली मुद्रामा गणना भएको कुल सम्पत्ति २३ लाख ४४ हजारले वृद्धि हुँदा उनले ५ वर्षमा कुल सम्पत्ति ५९ लाख ४८ हजार रुपैयाँले बढाएका हुन् ।
साझा अर्थ संवाददाता