काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार तीन दिन घटेको छ । शुक्रबार प्रतितोला ३९ सय घटेको सुनको भाउ आइतबार १९ सय र आज सोमबार ७ सय रुपैयाँले घटेको छ। आज प्रतितोला सुन एक लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ। आइतबार १८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
साझा अर्थ संवाददाता