पात्रो

रेडियो

समाचार खोजी

आज गभर्नर नियुक्तीको सम्भावना

साझा अर्थ संवाददाता २५ चैत २०८१, सोमवार

 

 आज अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ ।  आजको मन्त्रिपरिषद बैठकले २२ चैतबाट रिक्त भएको नेपाल राष्ट बैंकमा गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । यसअघिका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल पूरा गरेर गत शुक्रबारै बिदाइ भएका छन् ।  

अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गर्भनर सिफारिस समितिले आज बैठक बसेर मन्त्रिपरिषद समक्ष सिफारिस गर्ने र दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ ।

88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता