पात्रो

रेडियो

समाचार खोजी

एनआईसी एशिया बैंकको ५ अर्ब बराबरको ऋणपत्र आजदेखि

साझा अर्थ संवाददाता २५ चैत २०८१, सोमवार

 
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले निश्काशन गरेको ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र आज देखि खरिद गर्न सकिने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको हो ।  बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 
कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात २ अर्बबराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत ३ अर्ब रुपैयाँबराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २८ गते र ढिलोमा वैशाख ८ गते बैंकिङ समयपछि हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

 

103 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता